Hamro Patra
सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प, बाजुराको मेला केन्द्र बिन्दु

टीकापुर, माघ १०

सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको छ । सुदूरको पहाडी जिल्ला बाजुराको मेला केन्द्रविन्दर भएर आज दिउँसो भूकम्प गएको हो । बाजुराको मेला क्षेत्रमा केन्द्र विन्दु भएर मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ ।

भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५ दशमल ९ म्याग्निन्युडको रहेको उनले जानकारी गराएका हुन् । भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले समेत जनाएका छन् । दिल्ली–एनसीआर, उत्तर प्रदेश, उत्तराखण्ड लगाएका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पबाट बझाङमा कृषि ज्ञान केन्द्र भत्किएको छ । थप विवरण आउन बाँकी छ । भूकम्पको महसुस सुदूरपश्चिमभरी नै गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराले केहि स्थानमा घर भत्किएको खबर प्राप्त भएको जनाएको छ । तर अहिलेसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update