टीकापुर, माघ ११
सुदूरपश्चिममा ठुलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताएका छन् । पश्चिम क्षेत्रमा जुनसुकै समयमा पनि महाभूकम्पको खतरा छ । बाजुराको मौला आसपास क्षेत्रलाई कन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको छ । घरहरु भत्काएका र केही हताहती भएको छ ।
भारतको दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको छ । ८ म्याग्निच्युट भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ । हरेक एक सय वर्षमा महाभूकम्प जाने गरेको वरिष्ठ भूकम्पविद् अधिकारी बताउँछन् । ‘वर्षौदेखि भूकम्पीय शक्ति जमिनमुखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि जोखिम आउन सक्छ ।’
गत कात्तिकमा डोटीमा केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। मंगलबार बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प भयो । दुवै ठाउँ नजिकै पर्छ । ‘ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको छ । सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ । यस क्षेत्रमा पटक–पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि रहन्छ ।
पूर्व–पश्चिममध्ये चारैतिर प्रत्यक वर्ष गइरहेको हुन्छ’ वरिष्ठ भूकम्पविद् अधिकारीले भने । ८ म्याग्निच्युट भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ म्याग्निच्युटलाई ठूलो र ६ देखि ७ म्याग्निच्युटलाई मध्यस्तर र त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरिन्छ । सुक्ष्म र अति सुक्ष्म भूकम्प प्रायः गइनै रहेका हुन्छ ।
हामीले बुझ्न र सचेत हुनुपर्ने विषय भनेको अब पूरै सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ । सोहिअनुसारको सावधान जोखिमबाट बच्ने उपाय भएको भूकम्पविद् बताउँछन् । २०७२ वैशाखमा गोर्खा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको थियो । त्यसले ठूलो जनधनको क्षति गरेको थियो । पूर्वजस्तै गोर्खाभन्दा पश्चिमतर्फको क्षेत्रमा निरन्तररुपमा भूकम्प आउँछ ।
तर विगत ५ सय वर्षयता गोर्खाभन्दा पश्चिमतर्फ देहरादुनसम्म पूर्वमा जस्तो महाभूकम्प गएको छैन । २०३७ सालमा बझाङमा ठूलो भूकम्प गएको थियो । २०५८ मा पनि बझाङ, बैतडी र दार्चुलातिर ठूलो भूकम्प गएको थियो । महाभूकम्पहरु सयौं वर्षको अन्तरालमा जान्छन् । नेपालमा दैनिकरुपमा ८ देखि १० वटा भूकम्प गइरहेका हुन्छन् ।
४ म्याग्निच्युट कमका भूकम्पहरु महसुस गर्न सकिदैन् । निरन्तर भूकम्प गइरहने क्षेत्र भनेको जोखिमको क्षेत्र हो । कञ्चनपुरको महेन्द्रनगर, झलारी, कैलालीको टिकापुर, अत्तरिया, धनगढी लगायत ठुला, मझौला तथा साना सहरी क्षेत्र समेत भूकम्पको जोखिममा रहेको भूकम्पविद्ले बताएका छन् ।




