कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ
टीकापुर, माघ ११
कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ तारतालबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
चार सय २० ग्राम अवैध लागुऔधसहित धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २५ वर्षीय गौरब श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार राति प्रहरीले श्रेष्ठसहित पाँच जनालाई पक्राउ गरेको बताएको छ । चार जनाको नाम भने खुलाइएको छैन् ।
अस्थायी प्रहरी पोष्ट जुगेडा र सशस्त्र प्रहरी बलको बिओपी बङग्रा कटानबाट खटिएको संयुक्त टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा अवैध लागूऔषध फेला पारेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९ १३:०१
प्रतिक्रिया दिनुहोस्




