Hamro Patra
दार्चुलामा एक जना मृत फेला

टीकापुर, माघ १३

दार्चुलामा एक जना मृत फेला परेका छन् ।

जिल्लाको तिङ्कर सडकको नालीमा ४० वर्षीय रामदत्त भट्ट मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ब्यास गाउँपालिका वडा नमबर ४ डोबस्थित दार्चुला तिङ्कर सडक(खण्डको नालीमा सोही ठाउँका भट्ट बिहीवार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले अनुसन्धान सुरु गरेको छ । तर स्थानीयले उनले मादकपदार्थ सेवन गरेका बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update