Hamro Patra
अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ

टीकापुर, माघ १३ 

अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ कालिगाडी बस्ने ललितबहादुर कुँवर भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

कुँवरलाई एक थान भरुवा बन्दुकसहित विहिबार दिउँसो पक्राउ गरिएको प्रहरी जनाएको छ ।

प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update