Hamro Patra
लागुऔषधसहित दुई किशोर किशोरी पक्राउ

टीकापुर, माघ १३

कैलालीको धनगढीबाट अवैध लागुऔषधसहित दुई जना किशोर–किशोरी पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–९ बाग्राकटानबाट अवैध लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।

२ ग्राम ५ सय ७० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका–५ का १८ वर्षीय किशोर र १७ वर्षीया किशोरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित पक्राउ पर्नेहरुको संख्या बढ्दै गएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update