Hamro Patra
कञ्चनपुरमा ३४.९५ क्युफिट अवैध काठ बरामद

टीकापुर, माघ १३

कञ्चनपुरमा ३४ दशमलव ९५ क्युफिट अवैध काठ बरामद गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ बाट सो परिणाममा काठ बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले लालदाश रानाको घर पछाडीको आलु बारीमा खाडल खनी लुकाई राखेको अवस्थामा अवैध काठ बरामद गरिएको प्रहरीले बताएको छ ।

७ फिट लामो र ५ फिट १० इन्च गोलाई भएको सालको काठ एक थान, ८ फिट लामो र एक फिट ६ इन्च चौडाई तथा ८ इन्च मोटाई भएको थप दुई थान सालकै काठ बरामद गरिएको हो ।

प्रहरीले विशेष सुचनाको आधारमा बरामद गरेको ३४ दशमलव ९५ क्युफिट काठलाई सव–डिभिजन बन कार्यालय बाणीमा बुझाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update