बैतडीमा महिला मृत फेला
टीकापुर, माघ १७
बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी ७० वर्षीया मानमती मडै मृत फेला परेकी हुन् ।
उनी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको बताइएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ ११:०१
प्रतिक्रिया दिनुहोस्




