Hamro Patra
बैतडीमा लागुऔषधसहित एक जना पक्राउ

टीकापुर, माघ १७

बैतडीमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका–१ हटैराज गुरगेलिका २५ वर्षीय दिपक चन्द पक्राउ परेका हुन् ।

अवैध लागूऔषध चेरश १ सय ९९ ग्राम सहित सोमबार दिउँसो चन्दलाई पक्राउ गरिएको हो । दिपकले सोही ठाउँमा सञ्चालन गर्दै आएको श्री केदार हटैराज खुद्रा पसलमा लागूऔषध चरेस बिक्री भइरहेको सुचना प्रहरीले प्राप्त गरेपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले चन्दलाई पसलबाट लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update