Hamro Patra
कैलालीमा बन्चरो प्रहार गरि आमाको हत्या, छोरा पक्राउ

टीकापुर, माघ १७

कैलालीको लम्की चुहा नगरपालिकमा छोराले आफ्नै आमामाथि बन्चरो प्रहार गरेका छन् । सोमबार राति लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बगमारा बस्ने बिषराम थारुले आफ्नै आमामाथि बन्चरो प्रहार गरि हत्या गरेका हुन् ।

प्रहरीका अनुसार अन्दाजी ४० वर्षिय श्रिरामले ७१ वर्षिया लगनि थरुनिमाथि बन्चरो प्रहार गरी घाइते बनाएका थिए । थरूनिको नवजिवन अस्पताल धनगढिमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

घटनामा संलग्न रहेका श्रीरामलाई अस्थायी प्रहरी पोष्ट चुहाले देउराली सामुदायिक वनबाट पक्राउ गरेको छ । प्रहरी नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान जारी रहेको छ। 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update