Hamro Patra
इलाका प्रहरी प्रमुख शाही विरुद्ध युवा संघको विज्ञप्ति

टीकापुर, माघ १७

कैलालीको टीकापुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी हेमबहादुर शाहीलाई कारवाहीको माग गर्दै राष्ट्रिय युवा संघले विज्ञप्ति जारी गरेको छ ।
युवा संघका प्रदेश सचिवालय सदस्य तथा नेकपा एमाले कैलालीका सदस्य प्रकाश खड्कालाई सार्वजनिक स्थानमा दुव्यर्वहार गर्ने डिएसपी शाहीलाई कारवाहीको माग गर्दै युवा संघले विज्ञप्ति जारी गरेको हो ।

युवा संघका सुदूरपश्चिम प्रदेश समितिका संयोजक विनय शाहद्धारा जारी विज्ञप्तिमा टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित टीकापुर महोत्सवको मञ्च अगाडि डिएसपी शाहीले खड्कामाथि दुव्यर्वहार गरेको उल्लेख छ ।

विज्ञप्तिमा टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित टीकापुर महोत्सवको मञ्च अगाडि डिएसपी शाहीले खड्कामाथि दुव्यर्वहार गरेको उल्लेख छ ।

विज्ञप्तिमा ‘जनताको जीउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न प्रण गरेका राष्ट्रसेवकबाटै सार्वजनिक स्थानमा व्यक्तिगत पूर्वाग्रह राखी मानमर्दन गर्न दुस्साहस गर्ने प्रहरी प्रमुखको हर्कतको घोर निन्दा एवं भत्सर्ना गर्दछौं’ भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘माघ १५ गते ड्युटीको समयमा आम व्यक्तिसँग विना कारण सार्वजनिक ठाउँमा चरित्र हत्या गरी दुव्र्यवहार गर्ने डिएसपी शाही र उनका अंगरक्षकलाई कारवाहीको लागि माग गर्दछौं भनिएको छ ।’

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update