Hamro Patra
टीकापुर जेसीजको पदस्थापन सम्पन्न

टीकापुर, माघ १७

टीकापुर जेसीज वर्ष २०२३ का लागि चयन भएको नयाँ नेतृत्वको आज पदस्थापन गरिएको छ । टीकापुर जेसीज वर्ष २०२२ का अध्यक्ष टोपप्रकाश वि.क.ले नवनिर्वाचित अध्यक्ष बलराम चौधरीलाई पद हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष चौधरीले आज नै महासचिवमा रुपकबहादुर विष्ट, कानुनी सल्लाहकारमा जीवन गौचन, कोषाध्यक्षमा सुशील भट्टराई तथा अध्यक्ष सल्लाहकार मंगल साउँदलाई चयन गरेका छन् ।

कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डगौरा थारुले लागुपदार्थ दुव्यर्सनी विरुद्ध अभियान थाल्न जेसीज युवाहरुलाई आग्रह गरेका छन् ।

उनले समाजमा रहेका विकृति विसंगतिलाई निरुत्साहित पार्न नयाँ नेतृत्व सफल हुनेमा विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा टीकापुर जेसीजले महिला फुटबल खेलको उत्थानमा योगदान गरेको भन्दै पत्रकार भोजराज भाटलाई सम्मान गरेको छ । झण्डै १७ वर्षदेखि मुलधारका सञ्चारमाध्यममा कार्य गरिसकेका भाटले एक दशक यता कैलालीको पूर्वी क्षेत्रमा महिला फुटबलका गतिविधिहरु सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update