Hamro Patra
लागुऔषधसहित एक किशोरी र ७ जना युवा पक्राउ

टीकापुर, माघ १८

कैलालीका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित एक किशोरी र ७ जना युवा पक्राउ परेका छन् । पक्राउ किशोरीसहित ८ जना युवालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका वडा नं. २ का ३३ वर्षी हिक्मत साउद चार ग्राम ५६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन् । त्यस्तै सोहि स्थानका १९ वर्षीय खेम साउद ७९० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् ।

त्यस्तै धनगढी उपमहानगरपालिका वडा नं. ३ का १८ वर्षीय प्रदिप गोतामे र सोहि स्थानका १९ वर्षीय अनिष अछामीबाट ६५० मिलिग्राम लागुऔषध फेला परेपछि दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नं. १ की १९ वर्षीया अन्जु कुरेसी स्पास्मो प्रोक्सिमन १९ क्याप्सुलसहित पक्राउ परेकी छन्, भने सोहि स्थानका २१ वर्षीय विज्ञान बस्नेत नाईट्रोभेट एक ट्याब्लेटसहित पक्राउ परेका हुन् ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १९ का १९ वर्षीय सागर नेगी र कृष्णपुर नगरपालिका वडा नं. ५ का २३ वर्षीय आभास ऐर पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update