चित्तलका दुई छालासहित एक जना पक्राउ
टीकापुर, माघ १८
कैलालीमा चित्तलका दुई छालासहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ देउकलियाका ५४ वर्षीया खेमराज सापकोटा चित्तलको छालासहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी नायव उपरिक्षक लक्ष्मण शाहीका अनुसार उनको घरमा दुई थान चित्तलको छाला थियो ।
मंगलवार राति पक्राउ परेका सापकोटाले अरुबाट खरिद गरेको बयान प्रहरीलाई दिएका छन् । उनलाई कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय पहलमानपुरको जिम्मा लगाउने शाहीले बताए ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ ११:०२
प्रतिक्रिया दिनुहोस्




