Hamro Patra
लागुऔषधसहित एक जना पक्राउ

टीकापुर, माघ १८

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी बजादेखि हात्तीबोझ जाँदै गरेको मोटरसाइकलमा सवार २१ वर्षीय आकाश बोहरा लागुऔषधसहित पक्राउ परेका हुन् ।

बेलौरी नगरपालिका वाडा नं. ६ का बोहराको से ७ प १४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शून्य दशमलव १५ मिलिग्राम अवैध लागुऔषध (खैरो हिरोइन) फेला परेपछि प्रहरीले मोटरसाइकलसहित बोहरालाई नियन्त्रणमा लिएको हो ।

बोहरालाई इकाका प्रहरी कार्यालय बेलौरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाकलसहित बोहरालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update