कञ्चनपुरमा नेपाली काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी
टीकापुर, माघ १८
नेपाली काँग्रेसको पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर तालाबन्दी गरिएको हो ।
नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधान विपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष चयन गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए ।
१३ माघ २०७९ मा नेविसंघ केन्द्रीय समितिले रमेश चटौतलाई जिल्ला अध्यक्षमा चयन गरेको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९ १५:०२
प्रतिक्रिया दिनुहोस्




