टीकापुर, माघ १९
कैलालीमा भन्सार छलीका सामानसहित पाँच जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका क्षेत्रबाट उनीहरु भन्सारछलीको सामानसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, कैललाीका अनुसार बिहीवार बिहान टीकापुर नगरपालिका वडा नं. ४ अस्नेहरीमा भारतबाट भन्सारछली ल्याउदै गरेको सामानसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार टीकापुर नगरपालिका वडा नं. १ का २८ वर्षीय अरुण गुप्ता (साहुजी), भारतको तिकुनियाका २४ वर्षीय सलमान हस्मी, १८ वर्षीय तारिख कुरेसी र ४८ वर्षीय अस्लम हस्मी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीका अनुसार उनीहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइने छ ।
यस्तै, जिल्लाको टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटार स्थित सडक खण्डबाट भन्सार छलीका सामानसहित बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ उदासीपुरका ४३ वर्षीय जनकु चौधरीलाई समेत पक्राउ गरिएको छ । उनले चलाएको भे २ त ७९८ नम्बरको ट्याक्टरेको ट्रालिमा मार्वर, टायलसहित पक्राउ गरिएको हो । उनलाई प्रहरी चौकी कालाकुण्डाको समूहले पक्राउ गरेको हो ।




