Hamro Patra
कैलालीमा एक जना मृत फेला

टीकापुर, माघ १९

कैलालीमा एक जना मृत फेला परेका छन् । जिल्लाको टिकापुर नगरपालिका वडा नं. २ सन्कट्टि घाटस्थित कर्णाली नदीमा बुधवार अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

हाल नाम, थर नखुलेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update