Hamro Patra
लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ

टीकापुर, माघ १९

कैलालीबाट लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १९ घर भइ धनगढी उपमहानगरपालिका वडा नं. ५ हसनपुर कैलाली बस्ने सुनिल चौधरीलाई लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत कञ्चनपुरले २०७८ फागुन १५ गते उनलाई लागु औषध मुद्धामा सजाए सुनाएको थियो । बुधवार प्रक्राउ गरी उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ । जिल्ला अदालतले उनलाई दुई सय जरिवाना र ३ महिना कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update