Hamro Patra
सांसद अरुणकुमार चौधरी पक्राउ

टीकापुर, माघ १९

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी पक्राउ परेका छन् । बिहीबार दिउँसो बाँकेबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

डिआइजी अशोक कुमार सिंह कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले प्रकाउ गरेको हो ।

कैलाली क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अरुण कुमार चौधरी अदालतको फरार सुचीमा थिए ।

नागरिक उन्मुक्ती पार्टीबाट सासंदमा निर्वाचित चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार सुचीमा रहेका छन् । वि.सं.२०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सासंद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरि तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो ।

८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतीपुर्ती उपलब्ध गराउने समेत फैसला गरिएको थियो । अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतीपुर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन । अरुण चौधरी वि.सं.२०७४ सालमा आगजनी भएको ट्याक्टरका संचालक महादेव बजगाईसँगै लम्कीचुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए ।

पहिले कुनै मतलव नगरेको र अहिले पदमा पुगेपछि मात्र खोजनिती शुरु भएको देख्दा अच्चम लागेको उनको भनाई छ । आफू सँगै मेयरमा चुनाव लड्ने देखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर जित्ने वेला सम्म प्रहरी र कसैले कुनै वास्ता नगरेको चौधरीको भनाई छ । आफूले हालेको मुद्धाको वारेमा खोजनिती बजगाईले समेत नगरेकाले आफ्नै निवेदन उजुरीका फरार प्रतिवादीसँग मेयर पदमा उनले प्रतिस्पर्धा गर्नुपरको थियो । ढुंगा, गिठ्ठी र वालुवाको अवैध रुपमा उठाउने गरेको रोयल्टी नदिदा उनीहरुले आफ्नो ट्याक्टर जलाएको उनले बताए ।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा बजगाईले प्रतिनिधि सभा सदस्य रहेको अरुण चौधरीसहित पशुराम चौधरी र बिर बहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

उक्त मुद्धामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले वि.सं. २०७० बैशाख ९ गते तीन जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएको थियो । अदालतले फैसला गरेर प्रहरीलाई त्यतीवेला नै पत्र पठाएपनि यस अघि प्रहरीले चासो नदिएकाले उनीहरु पक्राउ परेका थिएनन् । जिल्ला अदालतका न्यायधिस डल्लुराम चौधरीको ईजलाशले उक्त निवेदन अस्विकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update