Hamro Patra
अछाममा एक मोटर अटो पार्टसमा अगलागी

टीकापुर, माघ २०

अछामको जयगढ बजारस्थित एक मोटर अटो पार्टस एण्ड सप्लायर्समा अगलागी भएको छ ।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका वडा नं. ३ जयगढ बजारस्थित नृप खड्काको मोटर अटो पार्टस एण्ड सप्लायर्समा बिहीबार राति आगलागी भएको अछाम प्रहरीले जनाएको छ । अहिले सम्म आगलागीको कारण र क्षतिको विवरण खुल्न नसकेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update