Hamro Patra
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

टीकापुर, माघ २०

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका वडा नं. ५ रामनगरमा सुपप्र ०१०१० प ८२४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बेलौरी नगरपालिका वडा नं. ६ का २३ वर्षीय मोटरसाइकल चालक अमर चौधरी रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

उक्त दुर्घटनमा मोटरसाइकलको पछाडि सवार स्थानीय ३० वर्षीय करन चौधरी घाइते भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update