भरुवा बन्दुकसहित एक जना पक्राउ
टीकापुर, माघ २०
कैलालीमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं. ६ बाट प्रहरीले भरुवा बन्दुक फेला पारेको हो ।
गोदावरी नगरपालिका लालपुरका ६१ वर्षीय यज्ञराज साउँदले प्लाष्टिकको कट्टाभित्र लुकाई राखेको अवस्थामा भरुवा बन्दुक बरामद गरेको प्रहरीले बताएको छ ।
साउँद गोदावरी नगरपालिका वडा नं. ४ बसन्तपुर जाँदै गरेको अवस्थामा बसन्तपुर सामुदायिक वनबाट अवैध भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।
प्रहरी हवलदार अर्जुन चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित साउँदलाई पक्राउ गरेको कैलाली प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ १६:०२
प्रतिक्रिया दिनुहोस्




