Hamro Patra
सांसद रिहाईका लागि नागरिक उन्मुक्तिको प्रदर्शन

टीकापुर, माघ २०

पक्राउ परेका सांसद अरुण चौधरीलाई रिहाई गर्नुपर्ने माग गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. २ को लम्कीमा प्रदर्शन गरेको छ ।

विहीवार बाँकेबाट पक्राउ परेका सांसद चौधरी आजै कारागार चलान भएका छन् । उनको निशर्त रिहाई गर्नुपर्ने माग गर्दै उन्मुक्तिले लम्की बजारमा राँके जुलुस निकालेको हो ।

र्याली पछि आयोजित कोण सभालाई पार्टीका प्रबक्ता दामोदर पण्डित, प्रदेश सांसद रामेस्वर चौधरी लगायतले सम्बोधन गरेका छन् ।

चौधरीलाई रिहाइ नगरे थप आन्दोलन गर्ने उक्त पार्टीले चेतावनी दिएको छ । यसअघि उक्त पार्टीले अरुण चौधरीलाई रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।

सांसद चौधरी बाँकेको कोहलपुरबाट बिहीवार पक्राउ परेका थिए । ट्याक्टर जलाएको मुद्दामा सांसद चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो । चौधरी अहिले कैलाली कारागारमा छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update