टीकापुर, माघ २२
कैलालीमा एक किशोरीसहित लागुऔषधमा संलग्न चार जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका वडा नं. ३ कुसमघाटबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
३० ग्राम ५७ मिलिग्राम सहित टिकापुर नगरपालिका वाड नं. ८ बटमपुरका २५ वर्षीय आकाश चौधरीसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भजनी र प्रहरी चौकी जनकपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले से.५ प २०८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको थियो ।
त्यस्तै धनगढी उपमहानगरपालिका वडा नं. २ रामजानकी टोलबाट अवैध लागूऔषधसहित एक किशोरी समेत पक्राउ परेकी छन् । ६ सय ९० मिलिग्राम लागुऔषधसहित डोटी आदर्श गाउँपालिका वडा नं. २ घर भएकी १९ वर्षीया आयुसा उपाध्याय पक्राउ परेकी हुन् ।
उनीसँगै थप अर्का व्यक्ति पनि पक्राउ परेको प्रहरीले बताएको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको हो ।




