Hamro Patra
बझाङमा दुर्घटना, एक जनाको मृत्यु

टीकापुर, माघ २३

बझाङमा सवारी दुर्घटना भएको छ । धनगढीबाट बझाङ गइरहेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको हो । जिल्लाको केदारस्युँं गाउँपालिका वडा नं. २ र ४ को सिमाना ‘बजुवा’ बगरमा मोटरसाइकल पछाडी सवार एक युवतीको मृत्यु भएको प्रहरीले बताएको छ ।

युवतीको नाम भने खुलेको छैन् । सुदूरपश्चिम प्रदेश ०१०१० प ५३१७ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०७१ नम्बरको धनगढीबाट बझाङ गइरहेको मालबाहक ट्रकले ठक्कर दिएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको बझाङ प्रहरीले बताएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update