Hamro Patra
भन्सार छलीका सामानसहित एक जना पक्राउ

टीकापुर, माघ २३

कैलालीबाट अवैध भन्सार छलीका सामानसहित एक जनालाई पक्राउ गरिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली, ईलाका प्रहरी कार्यालय हसुलिया र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भन्सार छलीका सामानसहित एक जनालाई पक्राउ गरेको हो ।

भन्सार छलीका ३० हजार पाँच सय मुल्य बराबरका चिनी, केराउ, कपडा, चकलेट, साइकलका सामानसहित धनगढी उप-महानगरपालिका वडा नं. २ ट्राफिक चोकबाट सोहि स्थानका २७ वर्षीय कुवेर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद गरिएका सामानसहित महरालाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update