सांसद चौधरीको पुनराबेदन बहस सक्कियो
टीकापुर, माघ २३
सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा बहस सकिएको छ ।
आइतवार उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो । अरुण चौधरीलाई रिहाइको माग गर्दै न्यायधिस अर्जुनप्रसाद कोईरालाको इजलासमा बहस सकिएको हो ।
आइतवार उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो । १९ माघमा बर्दियाबाट लुम्बिनी प्रदेश प्रहरीले पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो । सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १४:०२
प्रतिक्रिया दिनुहोस्




