लागुऔषधसहित एक युवक पक्राउ
टीकापुर, माघ २४
धनगढीमा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नं. १३ भाटभटेनी नजिक बस्ने २७ वर्षीय प्रकाश कुँवरलाई पक्राउ गरेको हो ।
कुँवरलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट ३०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ १२:०२
प्रतिक्रिया दिनुहोस्




