Hamro Patra
भन्सार छलिका औषधीसहित एक जना पक्राउ

टीकापुर, माघ २४

कैलालीमा भन्सार छलिका औषधीसहित एक जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगपालिका वडा नं. ९ बाग्राकटानका ४२ वर्षीय भक्त रानालाई अबैध औषधीसहित पक्राउ गरेको हो ।

उनको झोलामा भारतबाट भन्सार छलिगरि ल्याउदै गरेको पेन्ट्रो प्राजोला २० पत्ता लगायत अन्य ७ किसिमका एक लाख ४८ हजार ३ सय ३८ रुपैया (भारु) बराबरको औषधीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update