रुखबाट लडेर वृद्धाको मृत्यु
टीकापुर, माघ २४
बैतडीमा रुखबाट लडेर वृद्धाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं. १ नानरा भुगाडीका ७८ वर्षीय शालिभान धामीको रुखबाट लडेर मृत्यु भएको हो ।
मंगलवार बिहान स्याउला काट्ने क्रममा रुखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । प्रहरी घटना स्थल तिर गएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ १२:०२
प्रतिक्रिया दिनुहोस्




