Hamro Patra
अत्तरियामा करेन्ट लागेर एक युवकको मृत्यु

टीकापुर, माघ २४

कैलालीको अत्तरियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।सोमबार कैलालीको गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया (बसन्तपुर) मा बस्दै आएका बुद्धि सिंह बोगटीको करेन्ट लागेर मृत्यु भएको हो । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ पलाडी घर भई बसन्तपुरमा बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीले बोगटीले घरको छतमा फोनमा कुरा गर्दै गर्दा थ्रि फेज लाईनमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जनाएको छ । बोगटी दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया बिएड प्रथम बर्षमा अध्ययनरत थिए । उनको मृत्युको शोकमा आज क्याम्पसले शोक विदा दिएको क्याम्पस प्रमुख डा.डम्बर बहादुर पालले बताए । पालद्धारा जारी शोक पत्रमा क्याम्पसमा अध्ययनरत विद्यार्थीको निधनले क्याम्पस परिवार स्तब्ध भएको र शोक स्वरुप १ दिन क्याम्पसका सम्पूणर् पठनपाठन कार्य बन्द रहने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update