टीकापुर, माघ २५
कञ्चनपुरमा मंगलवार बिभिन्न स्थानबाट लागु औषधसहित ५ जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटीएको प्रहरी टोलीले बेलौरी नगरपालिका ६ बैशाखामा सु.प.प्र.०१०-११ प ७१४६ नम्बरको स्कुटीलाई शंका लागी चेकजाँच गर्ने क्रममा कैलाली जोशीपुर गाउँपलिका वडा नं. ६ सिम्रीका २३ वर्षीय पारस कठरिया र पछडी सवार २३ वर्षीय दिनेश रावतलाई पक्राउ गरिएको जनाएको छ ।
स्कुटीको मोडगार्ड भित्र कालो रङ्गको प्लाष्टिकको थैलीमा १ पोका ०.८३ मिली ग्राम लागु औषध (खैरो हेरोईन) फेलापारी स्कुटी र दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताएको छ ।
त्यस्तै भिमदत्त नगरपालिका वडा नं. ४ बाट महेन्द्रनगरको प्रहरी टोलीले कञ्चनपुर भाँसी ३ मा म.२ प. १८६६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा १९ वर्षीय प्रवेश थापा मगरले चलाएको मोटरसाइकल र पछाडी सवार दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. ३ घर भई हाल भिमदत्त नगरपालिका वडा नं. ३ ऐठपुर कोठा गरी बस्ने २९ वर्षीय राम सिंह धामी र सोही मोटरसाइकलमा सवार भिमदत्त नगरपालिका वडा नं. ४ का १८ वर्षीय अनुराग टोकेलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट ३ किसीमका ६० पिस इन्जेक्सन र ट्याबलेट १० वटा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।




