खैरो हिरोईनसहित एक युवक पक्राउ
टीकापुर, माघ २५
कैलालीमा खैरो हिरोईनसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नं. ५ नुक्कलीपुरका २३ वर्षीय साजन चौधरीलाई लागु औषध खैरो हिरोईनसहित मंगलवार फेलापारी पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनले लगाएको जकेटको भित्री गोजीवाट ६७० मिलि ग्राम लागु औषध र साथमा रहेको अनटेस्ट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको बताएको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९ १२:०२
प्रतिक्रिया दिनुहोस्




