Hamro Patra
लागुऔषधसहित ३ जना पक्राउ

टीकापुर, माघ २६

कैलालीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नं. ८ का २२ वर्षीय सिरु राना र १७ वर्षीय हिमाल रानालाई पक्राउ गरेको हो ।

शंका लागी चेक जाँच गर्दा उनीहरुको साथबाट ९ ग्राम ४५० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ । त्यस्तै बुधवार वेलुकी टिकापुरबाट एकजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली टिकापुर नगरपालीका वडा नं. १ का १९ वर्षीय प्रमोद बराललाई पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट ३४० मिलि ग्राम लागुऔषध ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update