एक जना मृत फेला
टीकापुर, माघ २६
डडेल्धुरामा एक जना मृत फेला परेका छन् । जिल्लाको भागेश्वर गाउँपालिका वडा नं. ४ धिमलाका ४२ वर्षीय गोपाल साउँद मृत फेला परेका हुन् ।
अमरगढी नगरपालिका वडा नं. ५ बागबजार डेरा गरी बस्ने साउँद सोही ठाउँस्थित ऋषिखोला सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्




