टीकापुर, माघ २७
सुदूरपश्चिम प्रदेशभित्र लागुऔषध विरुद्धको महाअभियान सुरु भएसँगै संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । कैलालीका विभिन्न स्थानबाट एकैदिन प्रहरीले १४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा युवाको संख्या सबैभन्दा बढी देखिएको छ । गोदावरी नगरपालिका वडा नं. ४ बाट २५ वर्षीय गोपाल चौधरी सहित ६ जना पक्राउ परेका छन् । ४ ग्राम १२० मिलिग्राम लागुऔषधसहित उनी पक्राउ परेका हुन् । यस्तै, टीकापुर नगरपालिका वडा नं. १ बाट जानकी गाउँपालिकाका १९ वर्षीय सागर काफ्ले र लम्की-चुहा नगरपालिका वडा नं. १ का १९ वर्षीय लोकेश शाही एक ग्राम ६३० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् ।
यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं. १० घुईयाघाटबाट २० वर्षीय रामभजन राना, २४ वर्षीय प्रकाश राना एक सय मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ७ का १८ वर्षीय कमल राना र गोदावरी नगरपालिका वडा नं. ५ की १८ वर्षीय प्रिन्स भट्टलाई पाँच सय मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
त्यस्तै, धनगढी उपमहानगरपालि वडा नं. १३ राजपुर चोकबाट धनगढी उपमहानगरपालिका वडा नं. ११ का २६ वर्षीय किरण जोशी ७ मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन् । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




