टीकापुर, माघ २७
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिलामन्त्रीमा नरेशबहादुर शाही नियुक्त भएका छन् । आज दुबै जना मन्त्रीमा नियुक्त भएका हुन् ।
अहिले नवनियुक्त मन्त्री देउवा र शाहीले मन्त्री पदको सपथ लिइरहेका छन् । प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले शपथ लिएका हुन् ।
(एकीकृत समाजवादी)बाट शाही आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका छन् । उनलाई मन्त्री बनाउने एकीकृत समाजवादीले निणर्य गरेको थियो । शाही बाजुराबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
कांग्रेसबाट कैलालीबाट निर्वाचित प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका छन् । नेकपा (एमाले)बाट मुख्यमन्त्री भएका राजेन्द्र रावलले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख जोशीले शाहलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।




