टीकापुर, माघ २७
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुख्यमन्त्रीको शपथ लगत्तै सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहले कांग्रेसका प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाहीलाई मन्त्रीमा नियुक्त गरे ।
मन्त्री नियुक्त लगत्तै देउवा र शाहीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।देउवालाई भौतिक पूर्वाधार मन्त्रालय र शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश ‘ख’ बाट र शाही बाजुराको प्रदेश ‘क’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । शपथ लिए लगत्तै मन्त्रीद्वयले जिम्मेवारी सम्हालेका छन् ।




