Hamro Patra
लागुऔषधसहित तीन जना पक्राउ

टीकापुर, माघ २९

कैलालीमा लागुऔषधसहित तीन जना पक्रउ परेका छन् । जिल्लाको विभिन्न स्थानबाट तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कैलालीका दुई र बझाट्टका एक छन् ।

बझाङको बुङ्गल नगरपालिका वडा नं. २ स्थायी घर भएका कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ गौरीगडा बस्ने ६२ वर्षीय गगने धामीलाई चार किलोग्राम चरेससहित पक्राउ गरिएको हो ।

यस्तै जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ बाँसबारी स्थित पुष्पराज पुन मगरको घरमा डेरा गरी बस्ने चुरे गाउँपालिका वडा नं. ३ बस्ने २३ वर्षीय निर्मला कुमारी रावतलाई ३ ग्राम १६० मिलिग्राम लागु औषध खैरो हेरोइन पक्राउ गरिएको छ । कैलालीकै गोदावरी नगरपालिका वडा नं. १ धनगढी रोड बस्ने २४ वर्षीय राजन हमाललाई एक ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरिएकोे छ ।

प्रदेश प्रहरीका अनुसार उनीहरुलाई प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको खटिएको सादा पोसाकको समूहले पक्राउ गरेको हो । संयुक्त प्रहरी समूहले पक्राउ गरेको उनीहरुलाई आवस्यक कारबाहीका लागि मालाखेती प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update