Hamro Patra
माधव नेपालले भने रेशमलाई रिहा गर्नुपर्छ

टीकापुर, माघ २९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् । आज (आइतवार) समाजवादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका रेशमलाई रिहा गर्न आवश्यक रहेको उनले दाबी गरे ।

‘उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतीका विषयवस्तु र मुद्दालाइ छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

यस्तै अध्यक्ष नेपालले रेशमलाई रिहा गर्न सरकारसंग पनि आग्रह गर्ने बताए ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update