टीकापुर, माघ २९
कैलालीको नारायणपुरस्थित नारायणपुर जेसिस बर्ष २०२३ ले मेरी आमा संस्थालाई खाद्यान्न तथा नगद सहयोग गरेको छ ।
नयाँ आगन्तुक जेसीज सदस्यहरुलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गर्दै टीकापुर नगरपालिका वडा नं. २ स्थित मेरी आमा संस्थालाई खाद्यान्न सहयोग गरेको हो ।
नारायणपुर जेसीजका अध्यक्ष किरण कड़ायतले जेसीजमा आवद्ध नयाँ सदस्यहरुलाई स्वागत तथा सम्मान गर्ने कार्यक्रममा संस्थालाई १० हजार ५ शय रुपैयाँ बराबरको खाद्यान्न तथा नगद सहयोग गरिएको बताए ।
संस्थामा रहेका बालबालिकालाई राहत पुगोस् भन्ने उद्देश्यका साथ उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष कडायतले बताए ।
उक्त सहयोग नारायणपुरस्थित बृजलक्ष्मी सपिङ्ग हाउसका सञ्चालक सन्देश श्रेष्ठले आफ्ना स्वर्गिय माता लक्ष्मी तथा बुवा बृजलाल श्रेष्ठको सम्झनामा प्रदान गरेका थिए ।




