Hamro Patra
बाघको छालासहित दुई जना पक्राउ

टीकापुर, फाल्गुन १

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सोमबार बिहान बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा गोदावरी नगरपालिका वडा नं. २ बसपार्कबाट ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित अछाम चौरपटी गाउँपालिका वडा नं. ५ बस्ने १८ वर्षीय सुनिल बोहरा र सोही स्थान बस्न १९ वर्षीय सुवाश बोहरा लाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुलाइ वन्यजन्तु ओसारपसार कसुरमा आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय मालाखेतिमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update