Hamro Patra
टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ

टीकापुर, फागुन १

कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नं. १ वनगाउँबाट सोहि स्थानका २५ वर्षीय यमबहादुर घर्तीमगर पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले ६ शय ६० मिलिग्राम लागुऔषधसहित घर्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका घर्तीमगर माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update