Hamro Patra
लागुऔषधसहित चार जना युवा पक्राउ

टीकापुर, फागुन २

कैलालीमा लागुऔषधसहित चार जना युवा प्रक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित उनीहरुलाई पक्राउ परेको हो ।

धनगढी उपमहानगरपालिका वडा नं. ९ बङ्ग्राकटानबाट अवैध लागूऔषध दुई सय १० मिलिग्राम सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका वडा नं. ८ बुद्ध चोकका २१ वर्षीया मनिका वुढा, धनगढीगाँउका २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई अवैध लागुऔषधसहित पक्राउ गरेको हो । त्यस्तै जानकी गाउँपालिका वडा नं. ६ जगतपुर घर भई टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १४ बस्ने २४ वर्षीय नुतन कडायत पनि पक्राउ परेका छन् ।

उनी अवैध लागूऔषध १ सय मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ परेका हुन्।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले नुतनले सञ्चालन गरेको नमस्ते होटलमा बसिरहेको अवस्थामा लागूऔषधसहित फेला परेपछि पक्राउ गरिएको थियो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update