Hamro Patra
लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ

टीकापुर, फागुन ३

कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. १० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् ।

८५० मिलिग्राम लागुऔषधसहित धनगढी उपमहानगरपालिका वडा नं. १५ का २३ वर्षीय हुकुम राना र श्रीमती २३ वर्षीया निलु चौधरी पक्राउ परेका छन् ।

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१-००९ प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार दुबै जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गोदावरी नगरपालिका वडा नं. १ का २४ वर्षीय सुमन थापा ४ ग्राम ३९० मिलिग्रामसहित पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले थापालाई घरबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update