Hamro Patra
जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

टीकापुर, फागुन ३

दार्चुलामा जबरजस्ती करणी अभियोगमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ४५ वर्षीया महिलालाई जबजस्ती करणी गरेको अभियोगमा लेकम गाउँपालिका वडा नं. ४ का २७ वर्षीय प्रेम पार्की पक्राउ परेका हुन् ।

जिल्लाको झलाती घर भई हाल शैल्यशिखर नगरपालिका वडा नं. ९ पथ्थरयानीस्थित ससुराली घरमा बस्दै आएका पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update