Hamro Patra
लागुऔषधसहित दुई जना पक्राउ

टीकापुर, फागुन ४

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ११ अमरबस्तीका ३२ वर्षीय सविन महर्जन र २६ वर्षीय राजु वि.क लाई बुधवार कञ्चनपुर प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट ४ ग्राम लागुऔषध खैरोहेरोईन र नगद भारतिय रुपैया ४४२०, नेपाली रुपैया ६४९०, विभिन्न देशका सिक्का ७ वटा, डिजिटल काटा १ थान र से ५ प ५४९ नंम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जानएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update