खैरोहेरोईनसहित दुई जना पक्राउ
टीकपुर, फागुन ४
धनगढीमा खैरोहेरोईनसहित दुई जना पक्राउ परेका छन् ।
त्रिनगरबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ २३ वर्षीय आशिष ओली र २९ वर्षीय बसन्त ओलीलाई पक्राउ गरेको जनाएको छ । त्रिनगर ब्यारल स्थित भारतबाट नेपालतर्फ आउदै गरेको ओलीले चलाएको सु.प.प्र.०१-००१० प ७९९९ नम्बरको माटरसाईकललाई शंकालागी चेकजाच गर्दा उनीहरुको साथबाट ३ ग्राम ७० मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ १२:०२
प्रतिक्रिया दिनुहोस्




