Hamro Patra
लागुऔषधसहित दुई जना पक्राउ

टीकापुर, फागुन ५

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका वडा नं. ४ किचाईका ५० वर्षीय बलबिर भट्टलाई पक्राउ गरेको छ । भट्टले सञ्चालन गरेको खुद्रा पसलमा संकालागि चेकजाँच गर्दा ४१ ग्राम लागुऔषध चरेस फेलापारी बिहीवार उनलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका वडा नं. ३ भाँसी कोठा भाडा गरी बस्ने बेदकोट नगरपालिका वडा नं. १० का १९ वर्षीय बिवेक बोहरालाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट ३ दशमलव ५६ ग्राम लागुऔषध (चरेश) र ०.१४ ग्राम लागुऔषध (खैरो हेरोईन) बरामदगरी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update